सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द गरेर सडकमा उत्रिने महासंघको घोषणा
काठमाडौँ । सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलन गर्ने नेपाल शिक्षक महासंघले घोषणा गरेको छ। संसदमा दर्ता भएको विद्यालय शिक्षा ऐन २०८० को विधेयकमाथि गम्भीर आपत्ति जनाउँदै महासंघले सडक आन्दोलनको घोषणा गरेको हो ।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले असोज ३ गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनको घोषणा गरिएको छ। महासंघले विधेयकको विभिन्न १८ बुँदामा असहमति जनाउँदै संशोधन गरेर जानुपर्ने बताएको छ ।
महासंघका अध्यक्ष कमला तुलाधरले सडक आन्दोलन आफूहरूको रहर नभएर बाध्यता भएको बताउँदै माग सम्बोधन नभएसम्म सडक आन्दोलन नरोकिने चेतावनी दिइन् । सरकारले शिक्षक कर्मचारीसँग पटक पटक सम्झौता र सहमति गरेको भन्दै ऐनमा ती सम्झौता भने समावेश नगरिएको उनले बताइन् ।
अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्वको विषय, विद्यालय कर्मचारीको सवाल, बालकक्षा शिक्षकको सवाल, शिक्षक बढुवा लगायतका विषयलाई महासंघले उठाएको छ ।
यी हुन महासंघले अघि सारेका विद्यालय शिक्षा ऐनको मस्यौदामा संशोधन गर्नुपर्ने १८ बुँदा
महासंघले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा १८ बुँदे संशोधन गर्नुपर्ने विषय अघि सारेको छ। संसद्मा दर्ता भएको विधेयकका विभिन्न विषयमा गम्भीर आपत्ति जनाउँदै महासंघले संशोधन गर्नुपर्ने १८ बुँदा अघि सारेको हो।
ती बुँदा संशोधन गर्नुपर्ने माग अघि सारेको महासंघले आन्दोलनको घोषणा समेत गरेको छ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण