प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति सीसँग हाङ्गजाउमा र प्रधानमन्त्री लीसँग बेइजिङमा भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो औपचारिक चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले चीनको हाङ्गजाउमै चिनियाँ राष्ट्रपति सी जिन पिङसँग भेटघाटको कार्यक्रम रहेको, सोही दिन १९ औं एसियन गेमको उद्घाटन समारोहमा पनि सहभागी हुने जानकारी गराएका छन् ।
न्यूर्योकबाट सिँधै चीन भ्रमणमा जानुपर्ने अवस्था रहेको बताउँदै उनले प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेश्रो चीन भ्रमण हुने जानकारी गराए । उनले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने– ‘यस भ्रमणलाई मैले नेपाल र नेपाली जनताको हित एवम् नेपाल चीन सम्बन्धलाई मजबुद तुल्याउन सदुपयोग गर्ने कुरा अवगत गराउन चाहन्छु ।’
२५ सेप्टेम्बरमा बेइजिङमा समकक्षी प्रधानमन्त्री लि छियाङसँग औपचारिक भेटघाट र दुईपक्षीय वार्ताको कार्यक्रम रहेको बताए । त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमा उच्च सफलता हासिल गरेको चीनको चोङकिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडेमिक अफ एग्रिकल्चरल साइन्स लगायतका विज्ञान तथा प्रविधिको कार्यक्रम हेर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि नेपालसँग सिमाना जोडिएको तिब्बत स्वशासित क्षेत्रका उच्चपदस्थ ब्यक्तिसँग भेटघाट गरी नेपाल फर्किने कार्यक्रम रहेकोबारे प्रधानमन्त्रीले जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण