आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रक चालकले ब्याक गरी मोटरसाइकल चालकलाई मारेको आरोप

स्थानीयले प्रहरी उपर आक्रमण गर्दा ५ राउण्ड हवाई फायर
शुक्रबार, २९ भदौ २०८०, १९ : ०१
शुक्रबार, २९ भदौ २०८०

रौतहट । रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चौकमा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।

कोपवा बजारमा सिमेन्ट पुर्‍याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले सन्तपुर दोस्तिया चौकमा ना ५१ पा ४९४१ को मोटरसाइकललाई ठक्कर दिँदा चालक चालक फतुवा विजयपुर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो। 

तीव्र गतिमा रहेको ट्रकको ठक्करबाट टाढासम्म उछिट्टिएका मोटरसाइकल चालकमाथि ट्रक फर्काएर मारेको स्थानीयले दाबी गरेका छन् । मोटरसाइकल पनि क्षतिग्रस्त अवस्थामा ट्रकमुनि रहेको छ ।

घटनालगत्तै ट्रक चालक बारा निजगढ–६ वर्ष ४१ को मुकुन्द पोखरेलमाथि स्थानीयले हातपात सुरु गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले चालक पोखरेललाई सुरक्षा दिएर प्रहरी कार्यालय लाग्न खोज्दा भीडन्त भएको थियो ।

स्थानीयले चालक पोखरेलसँगै प्रहरी कार्यालयमा समेत आक्रमण गर्न खोज्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताए । 

आक्रमणले प्रहरी कार्यालयको झ्यालको सिसा फुटेको तथा कयौँ प्रहरीलाई चोटपटक लागेको इन्स्पेक्टर कार्कीले जानकारी दिए । घटना साम्य पार्न प्रहरीले पुनः २ राउण्ड हवाई फायर गरेको थियो ।

ट्रक चालक पोखरेलको उपचारको लागि वीरगंज अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

घटना भएको समय अपराह्न ३ बजेदेखि नै मृतकका आफन्तले बन्कुल निजगढ सडक खण्डअन्तर्गत सन्तपुर दोस्तिया चौकमा शव तेर्साएर बाटो अवरुद्ध गरेका छन् ।

इन्स्पेक्टर कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । अहिले पीडित पक्ष र प्रहरीबीच वार्ता भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप