१४९ जना विद्यार्थीलाई तिलोत्तमाका मेयर खाणले दिए आफ्नो सेवा सुविधा बापतको रकमबाट छात्रवृत्ति
शुक्रबार, २९ भदौ २०८०, १९ : २१
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले आफ्नो सेवा सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेका हुन् । उनले गतवर्ष समेत छात्रवृत्ति वितरण गरेका थिए।
आर्थिक अभावमा शिक्षाबाट वञ्चित हुन् नपरोस् भनेर आफ्नो सेवा सुविधा नलिएर छात्रवृत्ति वितरण गरेको नगरप्रमुख खाणले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
-
सगरमाथामा पाइला टेक्दा...
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण