बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संघीयता कार्यान्वयन गर्न प्रदेशलाई पूर्ण अधिकार दिनुपर्छ : मुख्यमन्त्री चौधरी

शुक्रबार, २९ भदौ २०८०, २० : ५८
शुक्रबार, २९ भदौ २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीययताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्ने बताएका छन् ।

प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै उनले तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसँग आग्रह गरे ।

गाउँपालिका महासंघले दाङको भालुवाङमा शुक्रबार आयोजना गरेको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले  संघले अधिकार तल्लो तहमा नदिँदा कार्य सम्पादनमा समस्या भइरहेको बताए ।

अधिकारमा सम्पन्न सरकार नहुँदा संघीयता  कार्यान्वयन नभएको उनको तर्क छ । 

मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप