भारतीय दूतावासद्वारा सम्भोता-भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी
काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँ, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासङ्घले संयुक्तरूपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा आज सम्भोता-भोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ ।
कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी, नेपाल बौद्ध महासङ्घका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्तरूपमा गरे ।
सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन् । दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए ।
राज्यमन्त्री प्रमिलाले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गर्दै नेपाल र भारतका लागि बौद्ध धर्म एक साझा धागो भएको बताइन् ।
जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरे । उनले नेपालमा शताब्दीयौँदेखि पवित्र र महत्त्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताए ।
कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध सङ्घसंस्था तथा भोट तथा बौद्धधर्म अध्यनरत विद्यार्थीहरूको उपस्थिति थियो । प्रदर्शनी नेपाल कला परिषदमा १५ देखि १६ सेप्टेम्बरसम्म रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण