शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘एक भागवत र एक गीता’को विशेष शोमा विपिनको प्रशंसा

शनिबार, ३० भदौ २०८०, १० : ३०
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । फिल्म ‘एक भागवत र एक गीता’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा आयोजित विशेष शोमा  फिल्मकर्मी, पत्रकार र राजनीतिक व्यक्तित्वको उपस्थिति रहेको थियो ।

फिल्म हेर्ने अधिकांशले फिल्मको विषयवस्तु र अभिनेता विपिन कार्कीको भूमिकाको प्रशंसा गरे । निर्माता तथा निर्देशक आकाश अधिकारी, कलाकार किरण केसी फिल्मको विषय बस्तु नौलो रहेको भन्दै निर्माणमा निर्माताले देखाएको आँटको तारिफ गरे ।

झरना थापाको निर्देशनमा तयार भएको फिल्मले तेस्रो लिङ्गीको कथा भन्छ । विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्काको मुख्य अभिनय फिल्ममा छ ।

विशेष शोमा फिल्म हेरेपछि अभिनेता धिरज मगरले फिल्मले दर्शकको मन छुनेमा आफू विश्वस्त रहेको बताए ।

निर्देशक झरना थापाले फिल्मको बक्स अफिस भन्दा पनि दर्शकले दिने प्रतिक्रिया आफ्ना लागि महत्त्वपूर्ण हुने बताइन् । उनले, यस पटक आफूले केही फरक कथा भन्न खोजेकाले प्रतिक्रिया पनि राम्रो आइरहेको सुनाए ।

फिल्म शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो । फिल्मको शुक्रबारको व्यवसाय राम्रो रहेको निर्माता सुनिल कुमार थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप