साहित्य
म यै देशको नागरिक हुँ
शनिबार, ३० भदौ २०८०, १२ : ४७
जहाँ कुखुरा बास्नु पहिले भट्टी छिर्छन्
पानीको सट्टा रक्सी, बियरले मुख धुन्छन्
जहाँ कुकुरहरूले मर्निङ्ग वाक गर्न सिकाउँछन्
जहाँ सबेरै फेसबुक, टिकटकमा छाडा दृश्य हेर्छन्
हो, हामी त्यहीँ देशका नागरिक हौ भन्ने शङ्का लाग्छ ।
जहाँ नेताहरू दलाल, व्यापारी हुन्छन्
जहाँ नागरिकको बुद्धि कुहेर फ्यात्त झर्छन्
जहाँ नागरिक नोकर सरह बस्छन्
नेताहरू श्री पाँच भन्दा ठुलो ओहदाका हुन्छन्
हो, हामी त्यही देशको नागरिक भन्दा लाज लाग्छ ।
जहाँ आफ्नै देशमा विदेशीका गुलाम बन्न,
बाध्य बनेका छन्
जहाँ सरकारी निकाय,
आम नागरिकको पहुँच भन्दा बाहिरको छ
जहाँ दिनदहाडै हत्या, चोरी, बलात्कार हुन्छन्
हो, म लाज पचाएर भन्न बाध्य छु,
म यै देशको नागरिक हुँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण