मधेसमा आइतबारदेखि जसपाको संगठन विस्तार अभियान सुरु हुने
धनुषाा । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले संगठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । सो पार्टीले आइतबार जनकपुरमा संगठन विस्तार अभियान र अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्ने भएको हो । उद्योग वाणिज्य संघको सभा हल जनकपुरधाममा हुने कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने भएका छन् ।
कार्यक्रममा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, संघीय परिषद् सदस्य, संघीय सांसद, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेशसभा सदस्य र मधेस प्रदेश परिषद् सदस्यलाइ कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको छ ।
त्यस्तै मधेस प्रदेश अन्तर्गतका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारी, पार्टी जिल्ला समितिका पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पालिका समितिका अध्यक्ष र जिल्लाका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारीलाई पनि कार्यक्रममा अनिवार्य उपस्थित हुन भनिएको छ ।
कार्यक्रमको उद्घाटन बिहान ११ः३० बजे हुने सो पार्टीको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ । जसपाले ३ महिने अभियान सञ्चालन गरी सबै प्रदेशमा संगठन गठन, पुनर्गठन, प्रशिक्षण तथा अभिमुखकीरण कार्यक्रमलाई तिव्रता दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण