बीपीको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठुलो अन्याय हो : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बीपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठुलो अन्याय भएको बताएका छन् । शनिवार बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै थापाले बीपीलाई महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरू ओझेलमा परेको बताएका हुन् ।
महामन्त्री थापालेले महामानव भनेर बीपीको विचारमा छलफल नै गर्नु नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्ने कुरा बीपीमाथिको ठुलो अन्याय हुने उल्लेख गरे । उनले बीपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको उल्लेख बताए ।
उनले भने, ‘महामानव भन्दै गर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरू खोज्नुपर्छ । महामानव भनेर बीपीको विचारमा छलफल नै गर्नु नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्ने कुरा बीपीमाथिको ठुलो अन्याय हो । बीपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ । बीपीले म मान्छे हुँ भनिरहनुभएको छ । मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ । तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छौँ, त्यो अन्याय हो । त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्छ । यसको प्रयास यसपटक नेपाली काँग्रेसको प्राङ्गणमा बीपी महोत्सव भनेर छलफल गरेका छौँ ।’ महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भए पनि नैतिक शक्ति र नेता छ कि छैन भन्ने प्रश्न खडा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण