यस्तो छ ‘हात्तीछाप’को फस्टलुक, फिल्म प्रदर्शन माघमा

काठमाडौंँ । किरण नेपालीको प्रस्तुति रहेको फिल्म ‘हात्तीछाप’ २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
फिल्मको फस्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सौगातलाई फस्टलुकमा ‘बोत्तल राजा’ को पात्रमा प्रस्तुत देखाइएको छ ।
सिमोस सुनुवारको निर्देशन रहेको फिल्म वितरकसँगको सल्लाहा अनुसार माघको २६ गते ल्याउन लागिएको निर्माता किरण नेपालीले बताए । प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा सौगातको अलवा दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ । तर, फिल्मको पहिलो फस्टलुकमा भने निर्माणपक्षले सौगातलाई मात्र स्थान दिएको छ ।
सुशन प्रजापतिको छायांकन रहेको फिल्म काठमाडौँ र पोखरामा खिचिएको हो । फिल्ममा सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरिएको छ । किरणले नै यसअघि दया, सौगात र उपासनालाई लिएर निर्माण गरेको फिल्म ‘२ नम्बरी’ ले बक्स अफिसमा हिट भएको थियो ।
फिल्म ‘हात्तीछाप’ मा पनि ‘२ नम्बरी’ कै हिट टिम दोहोरिएको छ । दया र सौगात एकसाथ देखिँदा दर्शकलाई फिल्मप्रति उत्साह थपिने पक्का छ । फस्टलुक सार्वजनिक भएपछि फिल्मप्रति दर्शकमा कौतुहलता पैदा हुने विश्वास निर्माणपक्षको छ । फिल्ममा अमलादेवी नेपाली , पुस्कर गुरुङ र दीपक मनाङ्गेको लगानी छ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
फिल्ममा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा