गैह्रीगाउँ हत्याकाण्ड
गैह्रीगाउँ सामूहिक हत्याकाण्ड : सञ्जय भण्डारीद्वारा हत्या गरेको स्वीकार
आइतबार, ३१ भदौ २०८०, १७ : ४७
काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न आरोपमा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्विकार गरेका छन् ।
सिन्धुपाल्चोक घर भएका भण्डारीले सामूहिक हत्या गरेको स्विकार गरेको प्रहरीले बताएको छ । उनलाई केही बेरमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो । हत्या हुनेमा सुरक्षागार्ड कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीय सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् ।
उनीहरुको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण