बिलबिजक भन्दा फरक सामान बोकेको मिनि ट्रकलाई जरिवाना
आइतबार, ३१ भदौ २०८०, १८ : ५८
बाँके । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बिलबिजक भन्दा फरक सामान बोकेको गाडीलाई ३ लाख ८ हजार ८ सय ६ रुपैयाँ जरिवाना गरिएको छ ।
भन्सार मूल्याङ्कन भन्दा कम र बिलबिजक भन्दा बढी सामान भेटिएकोले सो गाडीलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले जरिवाना गरेको हो ।
भारतको उत्तर प्रदेश जिल्ला बहराईच ठानडाई बस्ने ५३ वर्षीय राजित रामलाई नं. ३० बागेश्वरी गण बाँकेले भाद्र २५ गते यूपी ४० टि ७५७५ नम्बरको पिकअप गाडी र बिलबिजक भन्दा फरक हार्डवयरका सामानसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण