जसपाको संगठन बिस्तार अभियान सुरु
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन बिस्तार अभियान आजदेखि सुरु भएको छ ।
आइतबार जनकपुरधाममा जसपा मधेस प्रदेश समितिद्वारा आयोजित संगठन बिस्तार अभियानको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रमबाट अभियान सुरु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्ध र विकसित बनाउन संघीय लोकतन्त्र र समावेशिता बनाउन आवश्यक रहेको बताए । त्यसका लागि निर्णायक भूमिकामा हुन आवश्यक रहेको उनले बताए ।
निर्णायक भूमिकामा पुग्न अत्यधिक बहुमत चाहिने र बहुमत चुनावबाटै सम्भव भएकाले अहिलेदेखि नै आउँदो निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई उनले निर्देशन दिए ।
अध्यक्ष यादवले देशमा अधिकार सम्पन्न संघीयता हुन नसकेको बताए । उनले सबै अधिकार केन्द्रीकृत गरेर संघीयता बलियो हुन नसक्ने बताए ।
अध्यक्ष यादवले जबसम्म राज्यको हरेक निकायमा समावेशिता हुँदैन तबसम्म मुलुकले समृद्धि पाउन नसक्ने दाबी गरे । मुलुकलाई समावेशी बनाउँदै संघीय लोकतन्त्र मजबुत बनाउनुपर्ने जिम्मेवारी आफूहरु समक्ष रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण