उच्च अदालतका सात न्यायाधीशको सरुवा
आइतबार, ३१ भदौ २०८०, २० : ५१
काठमाडौँ । उच्च अदालतका सात र जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा गरिएको छ । न्याय परिषद्को आज बसेको बैठकले न्यायाधीशको सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उत्तिर्ण गरेकोप्रति छलफल गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने, “२९ जनाका लागि खुलाएको विज्ञापनमा जम्मा १ जना उत्तीर्ण भएको पाइयो, यसबारे पनि बैठकमा समीक्षा भएको छ ।”
गत २६ जेठमा न्याय सेवा आयोगले २९ जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा दुई सय ११ जनाले लिखित परीक्षा दिएका थिए । उनीहरूमध्ये पारसमणि पोखरेल मात्रै उत्तीर्ण भएका थिए । उनको अन्तर्वार्ता सोमबार हुनेछ । उनी न्याय सेवामा उपसचिव थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण