राज्यले धार्मिक आस्थाअनुसार शिक्षा पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष तिमिल्सिनाले संघीय शिक्षा ऐन संसदमा पेश गरिएको उल्लेख गर्दै त्यसमा सबै समुदायले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने गरी आवश्यक व्यवस्था गर्न संघीय संसदका दुवै सदनका सांसदहरुलाई आग्रह पनि गरे । मुस्लिम आयोगले सोमवारबाट काठमाडौँमा सुरु गरेको दुई दिने गोष्ठीको उद्घाटन गर्दै उनले मुस्लिमका लागि मदरसा शिक्षा, बुद्धिष्टका लागि गुम्बाको शिक्षा, हिन्दुका लागि संस्कृत शिक्षा पाउने लगायत सबै धर्म र समुदायका मानिसले आफ्नो धार्मिक आस्थाको आधारमा शिक्षा पाउने गरी छलफल अघि बढाउनुपर्ने आवश्यक पनि औंल्याए ।
अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानमा कुनै पनि खालको विभेद नहुने व्यवस्था गरिएको स्मरण गराउँदै त्यसको कार्यान्वयनमा रहेका चुनौतिहरुलाई सामना गर्दै अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुलाई आफ्नो औचित्य पुष्टि हुनेगरी काम गर्न पनि सचेत गराए । उनले नेपालमा अतिवादी सोच नरहेको स्पष्ट पारे । नेपालसहित विश्वभर नै शान्ति र आपसी सदभाव कायम गर्ने उद्देश्यका साथ सो गोष्ठी आयोजना गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए ।
गोष्ठीमा साउदी अरब सरकारका प्रतिनिधिहरु नि सहभागी भएका छन् । नेपालका मुस्लिम समुदायलाई प्रतिनिधित्व गर्ने सांसद, पूर्वमन्त्री, विभिन्न संघ, संगठन पनि गोष्ठीमा सहभागी रहेको मुस्लिम आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण