प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
सोमबार, ०१ असोज २०८०, २१ : १५
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले सोमबार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
उनी नेपाल सरकारको भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । उपरथी राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा महासेनानी विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरि बहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सिताराम खड्कालगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण