‘मायावी’ मा भिलेन बन्दैछन् प्रशान्त ?
मंगलबार, ०२ असोज २०८०, १३ : २८

काठमाडौंँ । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म हो ‘मायावी’ । फिल्ममा ‘ह्यान्डसम भिलेन’ रूपमा परिचित अभिनेता प्रशान्त ताम्राकार भिलेनको रूपमा देखिने भएका छन् । फिल्मको मुख्य खलपात्र (भिलेन)को ताम्राकार अनुबन्धित भएको निर्देशक दिवाकर भट्टराईले बताए । उनले भने यो पटक ताम्राकारलाई फरक किसिमले प्रस्तुत गर्दैछु ।
प्रेमकथामा बन्न लागेको फिल्मको ४ असोजबाट पोखरादेखि छायाङ्कन हुनेछ । फिल्ममा पल शाह, दीपिका प्रसाईं, समीम खान, सुशील सिटौला, करिश्मा श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ । अभिनेता राज कटुवाल निर्माता रहेको फिल्ममा निर्देशक भट्टराई स्वयंको लेखन छ ।
क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन