‘मायावी’ मा भिलेन बन्दैछन् प्रशान्त ?
मङ्गलबार, ०२ असोज २०८०, १३ : २८
काठमाडौंँ । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म हो ‘मायावी’ । फिल्ममा ‘ह्यान्डसम भिलेन’ रूपमा परिचित अभिनेता प्रशान्त ताम्राकार भिलेनको रूपमा देखिने भएका छन् । फिल्मको मुख्य खलपात्र (भिलेन)को ताम्राकार अनुबन्धित भएको निर्देशक दिवाकर भट्टराईले बताए । उनले भने यो पटक ताम्राकारलाई फरक किसिमले प्रस्तुत गर्दैछु ।
प्रेमकथामा बन्न लागेको फिल्मको ४ असोजबाट पोखरादेखि छायाङ्कन हुनेछ । फिल्ममा पल शाह, दीपिका प्रसाईं, समीम खान, सुशील सिटौला, करिश्मा श्रेष्ठको पनि मुख्य भूमिका रहनेछ । अभिनेता राज कटुवाल निर्माता रहेको फिल्ममा निर्देशक भट्टराई स्वयंको लेखन छ ।
क्रिएटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण