संसदले अभिभावक गुमायो : ओनसरी घर्ती
काठमाडौँ । पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व सुवासचन्द्र नेम्वाङलाई संसदले गुमाएको बताएकी छन् । मंगलवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सुवास नेम्वाङ र संविधान विषयक कार्यक्रममा बोल्दै उनले स्व.नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उनी संसदको अभिभावक भएको बताइन् ।
उनले नेम्वाङलाई समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने र असल नेताको रुपमा स्मरण गरिन् । उनले देशको लागि नेम्वाङको निधनले ठूलो क्षति पुगेको बताइन् । घर्तीले स्व. नेम्वाङ संविधान सभाको सफल अध्यक्ष भएको बताइन् ।
उनले भनिन्, ‘आज हामीले एक अभिभावक गुमाएका छौँ संसदको लागि । संसद चलाउनका लागि आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसदले अभिभावक नै गुमाएको छ । साथै एक समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको छ । यो पनि हाम्रो ठूलो क्षति हो । आफू उहाँ पदीय मर्यादामा रहँदा पदीय मर्यादा कहिल्यै पनि भुल्नुभएन । उहाँ संविधान सभाको सफल अध्यक्ष हुनुहुन्छ । हामी सबैले सम्झिरहन्छाँै ।’ पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा उनले खेलेको मध्यस्थकर्ताको भूमिका राज्यले सधैँ सम्झिरहने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण