संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको कार्यान्वयनका लागि तीनवटै तहको सहकार्य आवश्यक भएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए । यसका लागि सङ्घीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उनको भनाइ छ ।
संविधानको भावनलाई जनजीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको बताए ।
“लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्ति, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका व्यक्तिप्रति उच्च सम्मानसहित स्मरण गर्दछु”, सन्देशमा उल्लेख छ ।
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि २०७२ असोज ३ गते संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सन्देशमा संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित गर्नाका साथै जनता राज्यशक्तिको स्रोत भएको उल्लेख गरे । संविधानले निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उजको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण