आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

योजना आयोगका उपाध्यक्ष र यूएनडीआरआर एशिया प्रमुखबीच भेटवार्ता

मङ्गलबार, ०२ असोज २०८०, १७ : ३७
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालय, एशिया प्यासिफिक क्षेत्रीय प्रतिनिधि मार्को टोस्कानो रिभाल्टाले शिष्टाचार भेट भएको छ । 

मंगलबार सिंहदरबार स्थित आयोगको कार्यालयमा भएको भेटवार्तामा श्रेष्ठ र मार्को टोस्कानोबीच विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बनधी छलफल भएको छ ।

भेटमा विपद् जोखिम न्युनिकरण गर्न अपनाउनु पर्ने संरचनात्मक तथा विधिगत उपायका विषयमा छलफल भएको आयोगले जनाएको छ । उपाध्यक्ष श्रेष्ठले नेपाल विपद् जोखिम न्यूनीकरणमा निकै अघि बढेको बताए । 

भेटमा संयुक्त राष्ट्र संघको नेपाल स्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीको समेत उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप