राष्ट्रिय बास्केटबल लिगको तयारी अन्तिम चरणमा
काठमाडौँ । राष्ट्रिय बास्केटबल लिग नेपालको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुँदैछ ।
राष्ट्रिय बास्केटबल लिग नेपाल बास्केटबल संघअन्तर्गत नेपालको शीर्ष स्तरको लिग हो । लिगमा आठवटा क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय बास्केटबल लिगमा विशाल मिलन केन्द्र, बुढानिलकन्ठ बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेसनल कलेज र हाउन्ड्स एकेडेमीको सहभागिता रहने छ ।
यसैगरी रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले पनि प्रतियोगितामा सभागीगता जनाउने छन् । लिगका खेलहरू एकल राउण्ड रोविन ढाँचामा खेलाइने छ ।
लिगको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रत्येक सहभागी क्लबले तयारी खर्चको रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको मोस्ट भ्यालुएबल प्लेयरले तीन हजार र समग्र लिगको उत्कृष्ट एक खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय बास्केटबल लिगलाई प्रवर्द्धकको रूपमा समर्थन गरिरहेको छ । राखेपकै सहयोगमा लिगका लागि कभर्डहलको कोर्टको मर्मत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण