नेपाल शिक्षक महासंघको भोलिदेखि काठमाडौँ केन्द्रित आन्दोलन
काठमाडौँ । नेपाल शिक्षक महासंघले भोलि (बुधबार)देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको हो ।
मंगलबार विज्ञप्ति जारी गर्दै महासंघले काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुने बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ ।
पटकपटक सरकारसँग सहमति र वार्तामा बसेपनि विधेयक बनाउँदा शिक्षक कर्मचारीहरूलाई मर्का पार्ने गरी आएको महासंघको आरोप छ । महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् । महासंघले देशभरिका सबै विद्यालय बन्द गरी काठमाडौँमा सडक आन्दोलन सञ्चालन गर्न लागेको हो ।
महासंघले विज्ञप्तिमा भनिएको छ,'यसबाट विद्यार्थी पठनपाठनमा बाधा पुगेको कुराप्रति हामी सचेत र जिम्मेवार छौँ । त्यसैले यो आन्दोलन पूरा हुनासाथ जति कार्यदिनको पठनपाठन बाधा हुनेछ, त्यति नै कार्यदिन बराबरको सट्टा पठन पाठन बिदाको समयमा गर्ने कुरा सबै विद्यार्थी अभिभावक तथा सरोकार समूहमा जानकारी गराउँछौँ । पेसागतरुपमा राज्यबाट चरम अन्यायमा परेका गुरुहरुको मर्कालाई बुझी यस आन्दोलनप्रति सद्भाव र समर्थन प्रकट गर्न हामी सबै विद्यार्थीहरुमा आग्रह गर्दछौँ ।'
महासंघले आन्दोलनमा आन्दोलनप्रति सहयोग, समर्थन र ऐक्यबद्धता प्रकट गरिदिन सबै अभिभावकमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण