सुनचाँदी व्यवसायी संघका पदाधिकारी नै किन्छन् तस्करीको सुन
काठमाडौं । सुनचाँदी ब्यवसायी संघका पदाधिकारीले नै तस्करीको सुन किन्ने गरेको थाहा भएको छ । हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा पक्राउ परेका शिवकुमार सर्राफले तस्करीको सुन किन्ने गरेको केन्द्रिय अनुसन्धान ब्यूरो ‘सिआईबी’को अनुसन्धान निष्कर्ष छ ।
शिवकुमार सर्राफ नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष र सुनचाँदी व्यवसायी संघ बाराको अध्यक्ष हुन् । बुटवल घर भएका सुमन खरेलसँग सर्राफले सुन किन्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
चिनियाँ सुन तस्कर याओ पुचेङ्गले दिएको सुन खरेलमार्फत सर्राफले खरिद गरेका हुन् । सुमनसँग तस्करीको सुन किनेको कुरा सर्राफले बयानमा स्विकार गरेका छन् । काठमाडौंको रातोपुल र कालोपुलमा खरेलसँग भेटेर उनले सुन खरिद गरेका हुन् । सिआईबीका अनुसन्धान अधिकृतहरुसँगको बयानमा सर्राफले भनेका छन्–‘मैले सुमन खरेललाई काठमाडौंको रातोपुल र कालोपुलमा भेटी निजबाट ५ सय ग्राम सुन लिएको हुँ ।’
सुन बापत २०८० वैशाख र जेष्ठमा दुईपटक गरेर सर्राफले ४४ लाख नगद भुक्तानी दिएको शाहले बयानमा खुलाएका छन् । सर्राफले आधा किलो मात्रै सुन किनेको स्विकार गरेपनि खरेलले चाहिँ उनलाई ७ केजी सुन दिएको बताएका छन् ।
खरेलसँग किनेको सुन तस्करी गरेर विदेशबाट पैठारी गरेको कुरा केन्द्रिय अनुसन्धान ब्युरोले आफुलाई पक्राउ गरेपछि मात्र थाहा भएको सर्राफले जिकिर गरेका छन् । सर्राफ भदौ २२ मा पक्राउ परेका हुन् । सर्राफले गढीमाई ज्वेलरी उद्योग र शिबम ज्वेलर्स संचालन गरेका छन् । उनिबिरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ ।
सुन तस्करीमा सुनचाँदी व्यापारीहरु नै संलग्न रहेको यसअघिका अनुसन्धानबाट पनि खुलेको थियो । ३३ किलो सुन प्रकरणमा राजेन्द्र शाक्य पक्राउ परेका थिए । २०७४ चैत ३० मा पक्राउ परेका शाक्य आरके ज्वेलर्सका संचालक हुन् । उनिबिरुद्ध प्रहरीले दुबईबाट ३३ किलो सुन तस्करी गरेर काठमाडौं ल्याएको प्रकरणमा मुद्धा चलाएको थियो । सो प्रकरणमा सुनका भरिया सनम शाक्यलाई तस्करहरुले हत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण