गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गर्नुपर्छ : जसपा
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले संविधान संशोधन अपरिहार्य भएको बताएको छ । संविधान दिवसको अवसरमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको धारणा सार्वजनिक गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
पार्टीको धारण सार्वजनिक गर्दै भनिएको छ – 'जनता समाजवादी पार्टी, नेपालले मुलुकमा पहिचानसहितको सङ्घीयता र समावेशी राज्य निर्माण गर्न चाहन्छ । पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जन निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, शक्तिशाली जनलोकपाल गठन गरी भ्रष्टाचार अन्त्य, न्याय प्रणालीलाई सङ्घीय स्वरूपमा पुनर्संरचना गर्ने, नागरिकतामा विद्यमान लैङ्गिक विभेदको अन्त्य र सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, सङ्घीय गणतन्त्र नेपालका सबै अङ्ग, तह र निकायहरूमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू हुनुपर्ने, राज्यले प्रयोग गर्ने भाषालाई संविधानमा सूचीकृत गरिनुपर्ने र सबै भाषाहरूको संरक्षण र विकास गर्ने दायित्व राज्यको हुनुपर्ने लगायत पार्टीले संविधान जारी हुनु अगावै देखि उठाउँदै आएका यावत माग र मुद्दाप्रति जसपा, नेपाल प्रतिबद्ध रहेको र संविधान संशोधन गरी जनताका माग र मुद्दा सम्बोधन गरिनुपर्छ भन्ने मान्यतामा दृढ रहेको छ ।'
नेपाली जनताको पटक पटकको सङ्घर्ष, त्याग, बलिदानको परिणामस्वरूप मुलुकमा एकात्मक केन्द्रीकृत एवम् निरङ्कुश राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको स्थापना भएको पार्टीले स्मरण गरेको छ । सार्वभौम सत्ता सम्पन्न नेपाली जनताद्वारा संविधान सभाबाट संविधान निर्माण गर्नका लागि दुई पटकसम्म संविधान सभाको निर्वाचन पनि अन्तरिम संविधानमा प्राप्त जनताका अधिकार समेतलाई खोस्ने कार्य गरी मुलुकलाई अस्थिरतातर्फ धकेल्ने कार्य गरिएको पार्टीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण