वैदेशिक रोजगारीमा गएकालाई सोनापुर मिनरल्स् एण्ड आयलको आईपीओ बाँडफाँट
बुधबार, ०३ असोज २०८०, १० : ३६
काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सोनापुर सोनापुर मिनरल्स् एण्ड आयलको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि कम्पनीले साउन २९ देखि भदौ ११ गतेसम्म बिक्री खुलाइएको थियो ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले सेयर बाँडफाँट गरेको हो । आईपीओमा ३० हजार ३४८ जना आवेदकबाट १६लाख ९२ हजार ९०० कित्ताको आवेदन परेको थियो । आईपीओमा १० देखि ४० कित्ता माग गर्ने १० हजार ५९१ जनालाई माग बमोजिम पाएका छन् ।
यस्तै, ५० देखि ३ हजार कित्ता सेयर माग गर्नेलाई ४० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ । यसअनुसार १० लाख ३६ हजार ३४० कित्ता बाँडफाँट गरेर बाँकी रहेको सेयर ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई १० कित्ताका दरले थप सेयर वितरण गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण