एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
सारांश
- फ्रान्सेली स्टार केलियन एम्बाप्पे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरोक्कोविरुद्ध खेलिरहँदा घाइते भएर मैदानबाट बाहिरिएका छन्।
- एम्बाप्पे खेलको ७८औँ मिनेटमा अचानक मैदानमा लडेका थिए र उपचारपछि खेल जारी राख्न नसक्ने देखिएपछि उनलाई मैदानबाट बाहिर निकालिएको हो।
- एम्बाप्पेले १ गोल र १ असिस्ट गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाएका थिए र उनको चोटले सेमिफाइनलअघि फ्रान्सलाई धक्का लाग्न सक्नेछ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरोक्कोविरुद्ध सानदार प्रदर्शन गरिरहेका फ्रान्सेली स्टार केलियन एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिएका छन्। खेलको ७८औँ मिनेटमा एम्बाप्पेले चोटका कारण मैदान छाड्नुपरेको हो।
एम्बाप्पे कुनै विपक्षी खेलाडीको ठक्कर वा दबाब बिना नै अचानक मैदानमा लडेका थिए। केही समयको उपचारपछि उनले खेल जारी राख्न नसक्ने देखिएपछि प्रशिक्षकले उनलाई परिवर्तन गरेको बताइएको छ ।
एम्बाप्पेको स्थानमा जीन–फिलिप माटेटा मैदान प्रवेश गरेका छन्। त्यस्तै, फ्रान्सले डिजायर डोउको स्थानमा ब्राडली बारकोलालाई पनि मैदान पठाएको छ।
मैदानबाट बाहिरिँदै गर्दा एम्बाप्पे केही लरखराउँदै हिँडिरहेका देखिन्थे । खेलमा १ गोल र १ असिस्ट गर्दै टोलीलाई २–० को अग्रता दिलाउन मुख्य भूमिका खेलेका एम्बाप्पेको चोट ठुलै भएमा सेमिफाइनलअघि फ्रान्सका लागि ठुलो धक्का हुन सक्छ।
एम्बाप्पेले ६०औँ मिनेटमा गोल गर्दै यस विश्वकपमा आफ्नो व्यक्तिगत गोल सङ्ख्या ८ पुर्याएर लियोनेल मेस्सीसँग गोल्डेन बुटको दौडमा बराबरी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण