सुन तस्करी प्रकरण
६० किलो सुन तस्करीमा संलग्न पाँच जना प्रतिवादीको बयान सकियो
बिहीबार, ०४ असोज २०८०, १२ : ३०

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका पाँच जना प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा पाँच जना प्रतिवादीको बयान सकिएको हो ।
चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान पुरा भएको छ । ली नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टोखास्थित सुन गाल्ने कारखानासम्म सुन ओसार्न काममा संलग्न थिए ।
चार ठाउँमा राखेर प्रतिवादीहरू बयान गराइएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले रातोपाटीलाई बताए । सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म