प्रहरी सरुवा-बढुवामा अवाञ्छित चलखेल शून्यमा झारिएको छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सरुवा बढुवामा चलखेल शून्यमा झारिएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले कार्यक्षमता, नियमसंगत, पारदर्शी ढङ्गले सरुवा बढुवाको काम गरिरहेको बताएका हुन् ।
सरुवा बढुवाको मापदण्ड अझै अपुराे भएकोले त्यसलाई सुधार गरेर जान आवश्यक समेत भएको उल्लेख गरे । सरुवा, बढुवा तथा पदस्थापनमा आन्तरिक सुशासन कार्यान्वयन गरिरहेको बताउँदै पैसा वा अन्य कारणबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गरेको बताए ।
उनले भने-"आन्तरिक रूपमा सुशासन स्थापित नगरी सुशासन र सेवा प्रवाहको हाम्रो मिसन सफल हुँदैन भन्नेमा गृह प्रशासन प्रस्ट छ । आन्तरिक सुशासन भन्नाले समयमा कर्मचारी अफिस जानुपर्यो । सेवाग्राहीको फाइल अड्काउनु भएन, अनावश्यक अवाञ्छित चलखेल पैसा वा अरू चलखेल भइरहेको छ भने हुन दिनु भएन । मापदण्डका आधारमा सरुवा बढुवा र पदस्थापन गर्नुपर्यो ।"
ठिक ढङ्गले काम गराइको मूल्याङ्कन गर्नुपर्ने बताउँदै आन्तरिक सुशासन कायम गरिरहेको बताए । विगतदेखि भइरहेको सरुवा बढुवाको अवाञ्छित गतिविधि शून्यमा झारेको बताए । धेरै मेहनत गरेर मापदण्ड बनाएको र त्यो सफल भएको बताउँदै त्यसमा सांसद, नेता, कर्मचारीले प्रभाव पार्ने, हस्तक्षेप गर्न नहुनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण