सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय समिति

हरेक दिन कार्यालयमा पुगेपछि अब प्रहरीले अनिवार्य ध्यान गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

बिहीबार, ०४ असोज २०८०, ११ : १२
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । गृह मन्त्रालयले अब प्रत्येक दिन प्रत्येक प्रहरी कार्यालयमा ध्यान गराउने कार्यक्रम लागू गर्ने भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको कार्यक्षमता बढाउनका लागि यस्तो कार्यक्रम राख्न लागिएको जानकारी गराएका हुन् । 

बिहीबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सुशासनको अभियानलाई फाइदा गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागिएको बताए ।  छिट्टै राष्ट्रपतिले उद्घाटन गर्ने ध्यान कार्यक्रम देशभरिका प्रहरी कार्यालयमा लागू हुने उनको भनाई छ । 

‘कुन बेला प्रहरीले ध्यान गर्ने हो ?’ भन्ने सांसदहरूको प्रश्नमा उनले हरेक दिन बिहान कार्यालय पुगेपछि १५ मिनेट अनिवार्य ध्यान गर्नुपर्ने बताए । यस्तो ध्यान कुनै धर्म सम्प्रदायको नभई वैज्ञानिक किसिमको हुने उनले स्पष्ट पारे । 

आफैलाई हेर्न, दण्डहीनता कम गर्न र काम गर्ने क्षमता बढाउनका लागि ध्यान गरेर मात्र काम सुरु गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । पश्चिमा देशमा पनि कार्यालय तथा विद्यालयमा ध्यान गराएर मात्र काम अघि बढाउन थालिएको समेत उनले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप