सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

बिहीबार, ०४ असोज २०८०, १२ : ४४
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । शिक्षक आन्दोलनका कारण ट्राफिक जाम भएकाले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । पार्टी कार्यालय आलोकनगरमा साढे १० बजे बस्ने गरी बोलाएको बैठक नेताहरू बैठकस्थलमा आउनै नसकेपछि स्थगित भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

‘शिक्षक आन्दोलनका कारण सडक अस्तव्यस्त भयो, नेताहरू आउनै सक्नुभएन, त्यसैले बैठक स्थगित भयो’, खतिवडाले भने, ‘शनिबार बैठक बस्ने गरी स्थगित भएको छ ।’ बैठकमा अपानी र असोज १४ देखि देखि सुरु हुने मेचीकाली अभियानको तयारीबारे छलफल हुने बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप