अमेरिकामा २७ वर्षअघिको अपराधमा ४४ वर्यीष पुरुषलाई सजाय
अमेरिका । सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार मृत्युदण्ड दिइँदै छ ।
वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी नभएपछि अपराध भएको स्थानबाट सुरक्षा निकायले डिएनए सङ्कलन एवं परीक्षण गरेर साञ्चेजमाथि हत्या अभियोगमा मुद्दा चलाएको थियो । ओक्लाहोमा कारागारमा रहेका उनलाई स्थानीय समयअनुसार आज बिहान दश बजे तीन वटा घातक सुइ लगाएर फाँसी दिइनेछ ।
साञ्चेजले सम्भावित आममाफीको विकल्पलाई त्यागेर मृत्युलाई स्वीकार गरेका छन् । राज्यको आममाफी तथा मुक्ति परिषद्मा आवेदन गर्न अस्वीकार गरेर उनले जीवनप्रतिको वितृष्णा प्रस्तुत गरेको उनका धेरै आफन्तले बताएका छन् । यद्यपि उनका वकिलले मृत्युदण्ड रोक्न गरेको अपीललाई अदालतले अस्वीकार गरेको थियो ।
अदालतले सान्चेजलाई अर्कान्सास निवासी २१ वर्षीया जुली बुस्केनलाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गरेको थियो । सन् १९९६ को डिसेम्बर २० मा नर्मन अपार्टमेन्ट कम्प्लेक्सको पार्किङ स्थलबाट अपहरणमा परेकी उनको शव त्यसैदिन साँझ नर्मन अपार्टमेन्टबाट धेरै टाढा दक्षिणपूर्वी ओक्लाहोमा शहरको ताल नजिकै फेला परेको थियो । हातखुट्टा बाँधिएको र टाउकोमा गोली हानेर मारिएको अवस्थामा बुस्केनको शव भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण