मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा २७ वर्षअघिको अपराधमा ४४ वर्यीष पुरुषलाई सजाय

बिहीबार, ०४ असोज २०८०, १४ : ५०
बिहीबार, ०४ असोज २०८०

अमेरिका । सत्ताइस वर्षअघि एक जना नृत्य छात्रालाई मारेको अभियोगमा दोषी ठहर भएका ४४ वर्षीय एन्थोनी साञ्चेजलाई बिहीबार मृत्युदण्ड दिइँदै छ । 

वर्षौसम्म हत्याबारेमा स्पष्ट जानकारी नभएपछि अपराध भएको स्थानबाट सुरक्षा निकायले डिएनए सङ्कलन एवं परीक्षण गरेर साञ्चेजमाथि हत्या अभियोगमा मुद्दा चलाएको थियो । ओक्लाहोमा कारागारमा रहेका उनलाई स्थानीय समयअनुसार आज बिहान दश बजे तीन वटा घातक सुइ लगाएर फाँसी दिइनेछ । 

साञ्चेजले सम्भावित आममाफीको विकल्पलाई त्यागेर मृत्युलाई स्वीकार गरेका छन् । राज्यको आममाफी तथा मुक्ति परिषद्मा आवेदन गर्न अस्वीकार गरेर उनले जीवनप्रतिको वितृष्णा प्रस्तुत गरेको उनका धेरै आफन्तले बताएका छन् । यद्यपि उनका वकिलले मृत्युदण्ड रोक्न गरेको अपीललाई अदालतले अस्वीकार गरेको थियो । 

अदालतले सान्चेजलाई अर्कान्सास निवासी २१ वर्षीया जुली बुस्केनलाई बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गरेको थियो । सन् १९९६ को डिसेम्बर २० मा नर्मन अपार्टमेन्ट कम्प्लेक्सको पार्किङ स्थलबाट अपहरणमा परेकी उनको शव त्यसैदिन साँझ नर्मन अपार्टमेन्टबाट धेरै टाढा दक्षिणपूर्वी ओक्लाहोमा शहरको ताल नजिकै फेला परेको थियो ।  हातखुट्टा बाँधिएको र टाउकोमा गोली हानेर मारिएको अवस्थामा बुस्केनको शव भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप