आइतबार, २७ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बाँकेको जयेन्दु बाल  सुधार गृहमा झडप,  १ जनाको मृत्यु,  १० जना घाइते

शुक्रबार, ०५ असोज २०८०, ०८ : ३३
शुक्रबार, ०५ असोज २०८०

बुटवल । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा  गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना भएका छन् ।

सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा   ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको  मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारी   विपिन आर्चायले रातोपाटीलाई बताए ।  उनले   झडपको कारण खुल्न नसेको बताए ।  

सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको आचार्यले बताए । 

बालगृहमा तोडफोड र  झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली  सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो । बाँके  प्रहरी प्रमुख सन्तोष सिंह राठोरले  घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप