हल्दिबारीका विपन्न नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क

झापा । हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो ।
ज्येष्ठ नागरिक बिरामीलाई आवतजावतमा समस्या अन्त्य गर्न एम्बुलेन्स सेवा सुरु गरिएको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताए । ज्येष्ठ नागरिकलाई एम्बुलेन्समार्फत जिल्लाभित्रका अस्पतालमा लैजानुपरेमा एकतर्फी निःशुल्क र जिल्ला बाहिर लैजानुपरेमा ५० प्रतिशत छुटमा लैजाने व्यवस्था गरिएको छ ।
पालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि जलथल बर्थिङ सेन्टरमा लैजाँदा र फर्काउँदा निःशुल्क सेवा प्रदान गरिने उनले बताए । यसैगरी मिर्गौला रोगको कारण डायलायसिस गरिरहेका विपन्न नागरिकका लागि महिनामा एकपटक र क्यान्सर रोगको उपचाररत विपन्न नागरिकलाई वर्षमा दुईपटक जिल्लाभित्रका अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उनले जानकारी दिए ।
दुई महिनाअघि मात्र काठमाडौँस्थित भारतीय राजदूतावासले गाउँपालिकालाई उपहारस्वरुप सो एम्बुलेन्स प्रदान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
-
कानुन निर्माणमा संसदीय समितिको प्रभावकारी भूमिका नभएको भन्दै सांसदहरुको असन्तुष्टि
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा
-
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा