शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते

शनिबार, ०६ असार २०८३, ०३ : २६
शनिबार, ०६ असार २०८३

सारांश

  • बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन् ।
  • दुर्घटनाको भयावहतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यसलाई ठूलो घटना घोषणा गरेको छ ।
  • बेलायती प्रधानमन्त्री कियर स्टार्मरले मृतकप्रति समवेदना प्रकट गर्दै यस घटनालाई अत्यन्तै चिन्ताजनक भएको टिप्पणी गरेका छन् ।

काठमाडौँ । बेलायतको बेडफोर्डमा दुईवटा रेल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन् । ब्रिटिस ट्रान्सपोर्ट पुलिसका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ ।

दुर्घटनाको भयावहतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यसलाई ठूलो घटना घोषणा गरेको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा अग्निनियन्त्रक, प्रहरी र एम्बुलेन्स टोलीहरू उद्धारका लागि खटिएका छन् । दुर्घटनामा कोर्बीबाट लन्डन सेन्ट पानक्रसका लागि छुटेको रेल र नटिङ्घमबाट लन्डन सेन्ट पानक्रसका लागि छुटेको रेल आपसमा जुधेका हुन् ।

दुर्घटनामा परेका एक यात्रु पिटर न्यापले बीबीसी न्युजसँग कुरा गर्दै आफू रेलको अघिल्लो डिब्बामा रहेको र दुर्घटना हुँदा बम विस्फोट भए जस्तो महसुस भएको बताएका छन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले मृतकप्रति समवेदना प्रकट गर्दै यस घटनालाई अत्यन्तै चिन्ताजनक भएको टिप्पणी गरेका छन् ।

यस दुर्घटनाका कारण रेल सेवा नराम्ररी प्रभावित भएको छ । इस्ट मिडल्याण्ड्स रेलवेले लन्डन सेन्ट पानक्रस जाने र आउने आफ्ना सबै सेवाहरू स्थगित गरेको छ । त्यस्तै, टेम्सलिङ्कले लुटन र बेडफोर्ड बीचका सबै रेल मार्गहरू अवरुद्ध भएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप