आन्दोलनका लागि थप शिक्षकहरू काठमाडौँ आउँदै
काठमाडौँ । आन्दोलनका लागि थप शिक्षक कर्मचारीहरू काठमाडौं आउन थालेका छन् । विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारी काठमाडौं आउने क्रम निरन्तर चलिरहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक कर्मचारीहरू विगत तीन दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । हजारौंको संख्यामा आन्दोलन गर्दै आएका छन् । ७७ वटै जिल्लाबाट थप शिक्षक कर्मचारी आउने क्रम जारी रहेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।
आन्दोलन अवधिभर १ लाख ५० हजार शिक्षक काठमाडौंमा उतार्ने महासंघको लक्ष्य छ । हालसम्म ७० हजारको हाराहारीमा शिक्षक कर्मचारीहरूमा आन्दोलनमा रहेको महासंघले दाबी गरेको छ । अझै विभिन्न जिल्लाहरूबाट शिक्षक कर्मचारीहरूले आउने क्रम जारी रहेको सुवेदीले बताए ।
सरकारले विगतमा आफुहरूसँग पटक पटक सहमति गरेको तर, अहिले विधेयक ल्याउने बेला सहमतिलाई बेवास्था गरेको आरोप छ । आफ्नो पेशागत रक्षाका लागि आफुहरू विद्यालय नै बन्द गराएर काठमाडौं केन्द्रित आन्दोलनमा रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण