चौथो प्रियसी धमाका २०२३’मा दर्जनौँ कलाकर्मीको प्रस्तुति रहने
काठमाडौँ । नेपाली कला संस्कृतिको संरक्षण गर्दै विश्व बजारमा पुर्याउने उद्देश्यले ‘चौथो प्रियसी धमाका २०२३’ दुबईमा आयोजना हुने भएको छ । प्रियसी म्युजिक प्रालिको आयोजना रहेको कार्यक्रम बर दुबईस्थित याक एन्ड यति एभरेस्टमा यही असोज १४ गते (अक्टोवर १)मा आयोजना हुनेछ । कार्यक्रममा नेपालमा दर्जन बढी कलाकर्मीको प्रस्तुति रहनेछ ।
कार्यक्रममा नेपालबाट गायिका टीका पुन, मोडेल तथा गायक दुर्गेश थापा, हाँस्यकलाकार तथा मोडेल सागर लम्साल ‘बले’, बाल कलाकार जेभिन श्रेष्ठ, जिभेस श्रेष्ठ, मौलिकथाली नृत्याङ्गना एलिजिबा पुर्जा पुन, आधुनिक गायक नरेश बुढाथोकी, मोडेल रचना गौतम, गायक तथा सर्जक डि.आर सुजन, कृष्ण जोशी लगायतको सहभागिता रहने भने प्रवासबाट पनि गायक बाबुराम परियार, कमल परियार, प्रकाश पुरी, नीर तामाङ लगायतको सहभागिता हुनेछन् ।
प्रियसी म्युजिक प्रालिले यसअघि थाइल्यान्ड, सिंगापुर र मलेशियामा यो कार्यक्रम सम्पन्न गरिसकेको छ । दुबई कार्यक्रम प्रियसी म्युजिकलाई आयोजनामा पूर्णिमा घिसिंगले सघाएकी छन् ।
दुबई कार्यक्रमको तयारी सकिएको प्रियसी म्युजिक प्रालि सञ्चालक तथा गीतकार राजेन्द्र पुरीले बताए । कार्यक्रममा नेपाल चिनाउने र नेपाली कला संस्कृति झल्कने प्रस्तुति रहने उनको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण