शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् सडकमा शिक्षकको नाचगानसहित विरोध प्रदर्शन
शिक्षक आन्दोलन

तस्बिरमा हेर्नुहोस् सडकमा शिक्षकको नाचगानसहित विरोध प्रदर्शन

शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । आन्दोलनरत शिक्षकहरुले तेस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरुको आन्दोलन जारी छ । काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुले तेस्रो दिन नाचगानसहित विरोध गरिरहेका छन् । 

विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा विरोध प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार बिहान सरकार र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भएको छ । सो बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुनेगरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया