अभिभावकको पनि आन्दोलन
शिक्षकले पढाएका
धेरै भए डाक्टर
धेरै भए पाइलट
भए कति इन्जिनियर
कति भए शिक्षक
मर्यादित पेशा शिक्षक ।
शिक्षकले सिकाएका
कति भए डकर्मी
कति भए सिकर्मी
थोरै भए वैज्ञानिक
धेरै वोल्न सक्ने ।
एका थरीका शिक्षक
सामुदायिकमा पढाउँछन्
तर, छोरा–छोरी संस्थागतमा
आफैलाई विश्वास नभएको
यो कस्तो शिक्षण सिकाई ?
लाठी बोक्न सिकाउने शिक्षक
सामुदायिक विद्यालयमा छ रोजीरोटी
छोरा–छोरी निजीमा पढाउँदा
स्कुलको गति यस्तो हुन्छ
आन्दोलन छ सबै विद्यालयमा
बन्द गरौं भन्छ, शिक्षक महासंघ
ट्युशन कक्षा लिने शिक्षकले
नियमित कक्षा लिन्न भन्छन्
खै कस्तो सिकाई हो यो ?
संघीयताको पाठ सिकाउने शिक्षक
स्थानीय सरकारको विरोध गर्ने पनि शिक्षक
संविधान सिकाउने पनि शिक्षक
आन्दोलनको अग्रपंक्तिमा पनि शिक्षक ?
शिक्षाको ज्योति छर्ने शिक्षक
आज आन्दोलनमा !
कुन्नि के छ शिक्षा विधेयकमा
थाहा हुन्न सबलाई
एउटा बुँदा भने थप्नैपर्छ
विद्यालय शिक्षा विधेयकमा
सामुदायिक विद्यालयले पढाउने
शिक्षकका छोरा–छोरी
सामुदायिकमा नै अनिवार्य पढाउनै पर्छ ।
त्यति मात्रै कहाँ हो र,
सरकारी सेवा सुविधा लिने
सबका छोरा–छोरा सरकारी
विद्यालयमै पढाउनुपर्छ
अनि मात्र,
विद्यालय शिक्षा विधेयकको
मर्म थाहा हुन्छ
होइन भने,
अब शिक्षकले मात्र होइन
अभिभावकले पनि आन्दोलन
गर्नेवेला आएको छ ।
गर्नेवेला आएको छ ।।
साल्पासिलिछो गाउँपालिका
भोजपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण