जीवनबहादुर शाहीले भने–पार्टीलाई मन परेको छैन भने संघीयता हटाइदिऔँ
शुक्रबार, ०५ असोज २०८०, १४ : ४४
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले संघीयता कार्यान्वयनका लागि संविधान अनुसार अधिकार प्रत्यायोजन हुनेगरी कानुन बन्नुपर्ने बताएका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा नेता शाहीले संविधान कार्यान्वयन गर्न त्यस अनुसारको कानुन बनाउन आवश्यक रहेका बताए ।
‘यदि संघीयता हाम्रो पार्टीलाई नै मन परेको छैन भने यसलाई हटाइदिऔँ । बिना कामको त्यसै मन्त्री भनेको छ, मुख्यमन्त्री भनेको छ । होइन भने कानुनमा संविधानले दिएको अधिकार प्राप्त गर्न हामी अगाडि बढ्नुपर्छ ,’ पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले भने ।
प्रदेश सरकारले आफ्नो भवनसमेत बनाउन सक्ने कानुनी आधार नरहेको भन्दै अधिकार नदिएर संघीयता भनिरहन नहुने बताए । संघीयता भन्न त्यस अनुसार अधिकार प्रत्यायोजित गर्दै कानुन बनाउनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण