शिक्षक आन्दोलन
सरकारी शिक्षकको मर्यादाक्रम तोकिने, दश वर्षमा आवधिक बढुवा (६ बुँदे सहमतिसहित)
शुक्रबार, ०५ असोज २०८०, २३ : ४०
काठमाडौँ । सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको छ । सरकार र शिक्षक महासंघवीच शुक्रबार भएको सहमति अनुसार शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको हो ।
सहमति अनुसार शिक्षकहरुको दश–दश वर्षमा आवधिक बढुवा हुने भएको छ । जसमा मावि तहका शिक्षकको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्षको सेवा कायम गर्ने सहमति भएको छ ।
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन फिर्ता गरेका छन् । विभिन्न १८ बुँदे माग राख्दै शिक्षक महासंघको अगुवाइमा असोज ३ देखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानीमा आन्दोलन थालेका थिए ।
तर सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन् । माग सम्बोधन नहुने भएपछि नेपाल राहत शिक्षक संघले आफूहरुको असहमति रहेको बताएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण