सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
चीन भ्रमण

अमेरिकाबाट चीन पुगेका प्रधानमन्त्री  प्रचण्डलाई झिदानले गरे स्वागत (फोटो फिचर)

शनिबार, ०६ असोज २०८०, १० : ३३
शनिबार, ०६ असोज २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आज बिहान औपचारिक भ्रमणका लागि जनवादी गणतन्त्र चीन पुगेका छन् । उनलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गरेका छन् । 

प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ । 

प्रचण्डले असोज ८ गते बेइजिङमा समकक्षी लि छियाङ्सँग भेट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ ।  

prachanda china 1prachanda china 7prachanda china 9prachanda china3prachanda china4prachanda china5prachanda china8prachanda

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप