बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के तपाईं पनि प्याजको बोक्रा फ्याँक्नु हुन्छ ? यसरी प्रयोग गर्नुहोस्, निःशुल्क काम बन्नेछ

शनिबार, ०६ असोज २०८०, ११ : ३०
शनिबार, ०६ असोज २०८०

भान्सामा खाना बनाउने बेला प्याजको प्रयोग सबैले गर्छन् । यस्तोमा प्याजको बोक्रा निकालेपछि धेरैले यसलाई फ्याँक्ने गर्छन् । तर गार्डेनिङदेखि हेयर केयर रुटिनमा प्याजको बोक्रा निकै काम लाग्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यस्तोमा प्याजको बोक्रा फ्याँक्नुको साटो केही खास तरिकाले यसको प्रयोग गरेर तपाईं बोटबिरुवालाई हराभरा र कपाललाई सुन्दर बनाउन सक्नुहुन्छ ।  

प्याजको बोक्रा र एलोभेराको हेयर मास्क

प्याजको बोक्रा र एलोभेरा जेलको हेयर मास्क लगाएर कपाल लामो, बाक्लो, बलियो र चम्किलो बनाउन सकिन्छ । यसका लागि प्याजको बोक्रालाई सुकाएर पिस्नुहोस् । अब प्याजको बोक्राबाट बनेको पाउडरमा एलोभेरा जेल हाल्नुहोस् । त्यसपछि यसलाई टाउको र कपालमा लगाउनुहोस् । ३० मिनेटपछि माइल्ड स्याम्पुले कपाल धुनुहोस् ।

प्याजको बोक्राको पानी कपालमा लगाउनुहोस्

प्याजको बोक्राको पानी पनि तपाईंको स्वस्थ कपालको राज हुनसक्छ ।  यसका लागि प्यानमा पानी हाल्नुहोस् र प्याजको बोक्रा राखेर उमाल्नुहोस् । अब यसलाई छान्नुहोस् र चिसो हुनका लागि छोड्नुहोस् । त्यसपछि यो पानीलाई कपालमा लगाउनुहोस् र ३० मिनेटपछि सफा पानीले नुहाउनुहोस् । यसो गर्दा तपाईंको कपाल राम्रोसँग बढ्छ । साथै तपाईंको कपाल नरम र चम्किलो हुनेछ । 

प्याजको बोक्रा र नरिवलको तेल लगाउनुहोस्

कपाललाई स्वस्थ राख्नका लागि नरिवलको तेलमा प्याजको बोक्रा मिसाएर पनि लगाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई हल्का तरिकाले भुट्नुहोस् । त्यसपछि यसलाई पिसेर पाउडर बनाउनुहोस् । अब यो पाउडरलाई नरिवलको तेलमा मिसाएर कपालमा लगाउनुहोस् र ३० मिनेटपछि माइल्ड स्याम्पुले कपाल धुनुहोस् । यसले तपाईंको कपालको धेरैजसो समस्या समाधान गर्छ ।

प्याजको बोक्रालाई माटोमा मिसाउनुहोस् 

तपाईं प्याजको बोक्राबाट बिरुवाको लागि मल बनाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रा फाल्नुको सट्टा बगैँचाको माटोमा हाल्नुहोस् । बोक्रा सडे पछि, यसले बिरुवाका लागि रुटिङ एजेन्टको रूपमा काम गर्नेछ । यस्तै, क्याल्सियम र पोटासियमयुक्त प्याजको बोक्राले माटोलाई पोषण दिन मद्दत गर्छ । जसका कारण बिरुवा छिटो बढ्न थाल्छ ।

प्याजको बोक्राबाट मल बनाउनुहोस्

तपाईं प्याजको बोक्राबाट बिरुवाका लागि जैविक मल पनि तयार गर्न सक्नुहुन्छ । यसका लागि १ कचौरा प्याजको बोक्रालाई पानीमा भिजाएर छोड्नुहोस् । २४ घण्टापछि यो पानी बगैँचा वा गमलामा हाल्नुहोस् । यसले तपाईंको बोटबिरुवालाई हरियो र स्वस्थ राख्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप