के तपाईं पनि प्याजको बोक्रा फ्याँक्नु हुन्छ ? यसरी प्रयोग गर्नुहोस्, निःशुल्क काम बन्नेछ
भान्सामा खाना बनाउने बेला प्याजको प्रयोग सबैले गर्छन् । यस्तोमा प्याजको बोक्रा निकालेपछि धेरैले यसलाई फ्याँक्ने गर्छन् । तर गार्डेनिङदेखि हेयर केयर रुटिनमा प्याजको बोक्रा निकै काम लाग्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यस्तोमा प्याजको बोक्रा फ्याँक्नुको साटो केही खास तरिकाले यसको प्रयोग गरेर तपाईं बोटबिरुवालाई हराभरा र कपाललाई सुन्दर बनाउन सक्नुहुन्छ ।
प्याजको बोक्रा र एलोभेराको हेयर मास्क
प्याजको बोक्रा र एलोभेरा जेलको हेयर मास्क लगाएर कपाल लामो, बाक्लो, बलियो र चम्किलो बनाउन सकिन्छ । यसका लागि प्याजको बोक्रालाई सुकाएर पिस्नुहोस् । अब प्याजको बोक्राबाट बनेको पाउडरमा एलोभेरा जेल हाल्नुहोस् । त्यसपछि यसलाई टाउको र कपालमा लगाउनुहोस् । ३० मिनेटपछि माइल्ड स्याम्पुले कपाल धुनुहोस् ।
प्याजको बोक्राको पानी कपालमा लगाउनुहोस्
प्याजको बोक्राको पानी पनि तपाईंको स्वस्थ कपालको राज हुनसक्छ । यसका लागि प्यानमा पानी हाल्नुहोस् र प्याजको बोक्रा राखेर उमाल्नुहोस् । अब यसलाई छान्नुहोस् र चिसो हुनका लागि छोड्नुहोस् । त्यसपछि यो पानीलाई कपालमा लगाउनुहोस् र ३० मिनेटपछि सफा पानीले नुहाउनुहोस् । यसो गर्दा तपाईंको कपाल राम्रोसँग बढ्छ । साथै तपाईंको कपाल नरम र चम्किलो हुनेछ ।
प्याजको बोक्रा र नरिवलको तेल लगाउनुहोस्
कपाललाई स्वस्थ राख्नका लागि नरिवलको तेलमा प्याजको बोक्रा मिसाएर पनि लगाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई हल्का तरिकाले भुट्नुहोस् । त्यसपछि यसलाई पिसेर पाउडर बनाउनुहोस् । अब यो पाउडरलाई नरिवलको तेलमा मिसाएर कपालमा लगाउनुहोस् र ३० मिनेटपछि माइल्ड स्याम्पुले कपाल धुनुहोस् । यसले तपाईंको कपालको धेरैजसो समस्या समाधान गर्छ ।
प्याजको बोक्रालाई माटोमा मिसाउनुहोस्
तपाईं प्याजको बोक्राबाट बिरुवाको लागि मल बनाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रा फाल्नुको सट्टा बगैँचाको माटोमा हाल्नुहोस् । बोक्रा सडे पछि, यसले बिरुवाका लागि रुटिङ एजेन्टको रूपमा काम गर्नेछ । यस्तै, क्याल्सियम र पोटासियमयुक्त प्याजको बोक्राले माटोलाई पोषण दिन मद्दत गर्छ । जसका कारण बिरुवा छिटो बढ्न थाल्छ ।
प्याजको बोक्राबाट मल बनाउनुहोस्
तपाईं प्याजको बोक्राबाट बिरुवाका लागि जैविक मल पनि तयार गर्न सक्नुहुन्छ । यसका लागि १ कचौरा प्याजको बोक्रालाई पानीमा भिजाएर छोड्नुहोस् । २४ घण्टापछि यो पानी बगैँचा वा गमलामा हाल्नुहोस् । यसले तपाईंको बोटबिरुवालाई हरियो र स्वस्थ राख्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण