कला र संस्कृतिमा विकृति बढ्दै गयो : मदनकृष्ण श्रेष्ठ
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको कला र संस्कृति, परम्परा र रितिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए । उनले कला र संस्कृतिको जगेर्ना गरेमात्रै हाम्रो पहिचान कालान्तरसम्म रहिरहने बताए ।
उनले श्रष्टाहरुले आफ्ना सिर्जनाहरु कालजयी हुने गरेर सिर्जना प्रस्तुत गर्नुपर्ने बताए । उनले भने, ‘पहिलाको परम्परा, गीत, संगीत धेरै राम्रा थिए । तर अहिले त्यसमा विकृति र विसंगति बढिरहेको छ । यसलाई हामीले रोकेर आफ्नो मौलिक संस्कृति र पहिचान झल्कने परम्पार र रितिरिवाजमा लाग्नुपर्छ । हाम्रो मौलिक संस्कृति र सभ्यता जोगाउन सकेमात्रै हाम्रो पहिचान रहन्छ ।’
लुःजः इन्टरटेन्मेण्टले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठसहित एक दर्जन बढी कलाकार र श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण