विद्यालय शिक्षा प्रदेश अन्तर्गत राख्नुपर्ने जसपाको माग
शनिबार, ०६ असोज २०८०, १५ : २५
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् । प्रमुख बस्नेतले स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन गर्दा थुप्रै विवादहरू आएका कारण यसलाई प्रदेश तहबाट सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको जिम्मा दिँदा शिक्षाको अवस्था खस्किँदै गएको बताउँदै उनले प्रदेशलाई जिम्मेवार बनाउनका लागि पनि विद्यालयको सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिनुपर्ने बताए । जसपाले शिक्षा विधेयकबारे शुक्रबार विज्ञप्ति जारी गरी संघीयताको मूल्य मान्यता र सिद्धान्तको अनुकूल हुने गरी विधेयक सच्याउनु पर्ने धारणा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण