कामना सेवा विकास बैंकले ट्राफिक प्रहरीलाई दियो वित्तीय साक्षरता तालिम
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रामशाहपथमा आज वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
ट्राफिक प्रहरीहरूलाई बैङ्किङ प्रणाली, बचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो । बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशील पौडेलले बचतको महत्त्व, दैनिक जीवनमा गरिने बचत व्यवहार, कर्जा सम्बन्धी कारोबार, कर्जा अनुशासन तथा डिजिटल बैकिङका महत्त्व, अवसर र चुनौतीका बारेमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरू, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एसपी आचार्यले दैनिक जीवनमा बचत गर्नुपर्ने थाहा भएतापनि कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताए ।
यस साक्षरता कार्यक्रमपछि आफ्नो दैनिक जीवनमा बचतको महत्त्व बुझेर बचत बानीको विकास गर्न ट्राफिक प्रहरीहरूलाई हौसला मिलेको उनले बताए । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम बुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण