दाङमा खुकुरी प्रहार गरी महिलाको हत्या
शनिबार, ०६ असोज २०८०, १७ : २४
बुटवल । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । तुलसीपुर–११ बेलटाकुराको भगवती टोलका करिब ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षीया रिता लामिछानेलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार आज दिउँसो उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ । दुवै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने टेक बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
-
सरकारको सय दिन (LIVE)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण