आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा विधेयक सकेसम्म सर्वसम्मत, नभए नियमित प्रक्रियाबाट टुङ्गिन्छ : सभामुख

आइतबार, ०७ असोज २०८०, १० : ४५
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक नियमित प्रक्रियाबाट टुङ्ग्याउने बताएका छन् । आयरल्याण्डको ५ दिने भ्रमण सकेर आइतबार स्वदेश फर्केका उनले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकारी गर्दै उक्त कुरा बताएका हुन् । विधेयक सकेसम्म सर्वसम्मत र नभए नियमित प्रक्रियाबाट टुङ्ग्याउने उनको भनाइ । 

‘जे हुन्छ, त्यही हुन्छ । संसदमा दर्ता भएको विधेयक सकेसम्म सर्वसम्मत नभए नियमित प्रक्रियाबाट टुङ्ग्याइन्छ’, पत्रकारले सोधेको प्रश्नमा उनले भने । 

यस्तै आयरल्यान्डमा बसोबास गरेका नेपालीहरूको बारेमा  त्यहाँका सभामुखको चिन्ता जनाएको उनले जानकारी दिए । आफ्नो देश बनाउन नेपालीहरूको ठुलो योगदान रहेको र उहाँहरूलाई सहुलियत दिएर सकेसम्म उतै राख्न चाहेको कुराकानीमा बताएको घिमिरेको जिकिर छ । तीबाहेक आयरल्यान्ड र नेपालको संसदबीचको सम्बन्ध विस्तार गर्न, नेपालको स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको विकासमा संसद्, सरकारको तर्फबाट सहकार्य गर्न चाहेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप