एसियाली खेलकुद महिला क्रिकेट : बंगलादेशलाई हराउँदै भारत फाइनलमा
काठमाडौँ । भारतीय टोली चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुगेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो ।
टस जिती पहिलो ब्याटिङ राजेको बंगलादेशले १७.५ ओभरमा अलआउट हुनुअघि ५१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ८.२ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
भारतको जितमा जेमिमाह रोड्रिग्वेजले अविजित २० रनको योगदान गरिन् । सफाली बर्माले पनि १७ रन बनाएकी थिइन् । कप्तान स्मृति मन्धनाले सात र कनिका आहुजाले अविजित एक रन बनाएकी थिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान निगार सुल्तानाले मात्र दोहोरो सँख्यामा रन बनाउन सकिन् । उनले १२ रन बनाएकी थिइन् । बंगलादेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो । भारतीय बलर पूजा वस्त्राकरले चार विकेट लिइन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आइतबार नै श्रीलंका र पाकिस्तानबीच हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण