पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ
पोखरा । पोखरा फाइनान्सका नवनियुक्त अध्यक्ष राजकुमार गुरुङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
फाइनान्सको गत भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंक, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीबाट शुक्रबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय पोखराका निर्देशक आर्या जोशीले नवनियुक्त अध्यक्ष गुरुङलाई शपथ ग्रहण गराउँदै राष्ट्र बैंकको निर्देशिकाको पूर्ण पालना गर्दै संस्थागत सुशासनमा ध्यान दिएर कुशल नेतृत्व प्रदान गर्न शुभकामना दिइन् ।
शपथ ग्रहण कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले नवनियुक्त अध्यक्ष गुरूङका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
सो अवसरमा अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा पोखरा फाइनान्स लिमिटेडलाई ग्राहकको रोजाइको फाइनान्स बनाउने र शेयर धनीलाई उच्च प्रतिफल दिन प्रतिबद्ध रहने बिचार व्यक्त गरे ।
नवनियुक्त अध्यक्ष राजकुमार गुरुङले शपथ ग्रहण कार्यक्रममा मन्तव्य राख्दै पोखरा फाइनान्सको अध्यक्ष पदमा नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे। साथै उनले नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पूर्ण पालना गर्दै फाइनान्सको प्रगतिको लागि हरदम प्रयत्नशील रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण